डा.पौडेललाई वीर अस्पतालमै फर्काउन सर्वोच्चको आदेश


काठमाडौं । सर्वोच्च अदालतले डा. सन्तोष पौडेललाई वीर अस्पतालको निर्देशकबाट हटाउने स्वास्थ्यमन्त्रीको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ । मंगलबार न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले पौडेललाई हटाउने मन्त्री मोहनबहादुर बस्नेतको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

यो आदेशसँगै वीरको निर्देशकबाट हटाइएका डा सन्तोष पौडेललाई पुनः वीर अस्पतालमा फर्किन बाटो खुलेको छ । १४ मंसिरमा मन्त्री बस्नेतले वीर अस्पतालको निर्देशकबाट हटाएपछि पौडेलले आफूलाई हटाउने मन्त्रीको निर्णयविरुद्ध सर्वोच्चमा रिट दिएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *