उदयपुरबाट १६ किलो अवैध गाँजा बरामद

उदयपुर । ताप्ली गाउँपालिका-२ लेखगाँउस्थित बाटो छेउबाट अवैध लागूऔषध गाँजा करिब १६ किलो बुधबार साँझ प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुर र प्रहरी चौकीरामपुरझिल्केबाट खटिएको प्रहरीले उक्त गाँजा फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *