माइतीघरमा प्रदर्शन गर्ने १७ अधिकारकर्मी पक्राउ

काठमाडौं । बिहीबार काठमाडौंको माइतीघरमा प्रदर्शनका क्रममा १७ जना अधिकारकर्मी पक्राउ परेका छन् ।

एनसेलको शेयर खरिद बिक्री राज्यविरुद्धको अपराध हो भन्दै विरोध प्रदर्शनमा उत्रिएका अधिकारकर्मीलाई निषेधित क्षेत्र उल्लंघन गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, लगायत छन् । उनीहरूलाई भृकुटीमण्डपस्थित पुलिस क्लबमा राखिएको छ ।

सरकारले गत महिनादेखि काठमाडौंको माइतीघरमा प्रदर्शन निषेध गरेको छ । बुधबार मात्र सूचना जारी गरी थप दुई महिना माइतीघरमा प्रदर्शन निषेध गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *