गृहमन्त्रालयद्धारा बालकुमारी घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं । गृहमन्त्रालयले शुक्रबार भएको बालकुमारी घटनाबारे अनुसन्धान गर्न तीन सदष्य समिति गठन गरेको छ ।

इपियस परिक्षामा सिप विल्डिङमा अनुर्तिण विद्यार्थीहरु सबैले उत्पादनमुलक परिक्षामा आवेदन दिन पाउनुपर्ने माग राख्दै प्रदर्शनमा उत्रिएका दुई जनाको प्रहरीले चलाएको गोली लागेर मृत्यु भएपछि तथा मन्त्री ज्वालाको गाडीमाथि भएको आगजनीका विषयमा अनुसन्धान गर्न गृहमन्त्रालयले तीन सदष्य समिति गठन गरेको हो ।

उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्य नेतृत्वमा बनेको समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक बासु सिग्देल सदस्य रहेका छन् ।

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि प्रदर्शन गरेका युवाहरुले मन्त्रीको गाडीमा आगजनी गरेपछि झडप भएको थियो भने प्रहरीले अश्रुग्यास हानेको थियो । त्यसक्रममा दुई जनाको मृत्यु भएको छ भने केही पक्राउ परेका छन् ।

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि प्रदर्शनमा उत्रिएका युवाहरुले मन्त्री ज्वालाको गाडी जलाएपछि पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार ललितपुर महानगरपालिका वडा नं. ८ वालकुमारीस्थित कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर जम्मा भएका व्यक्तिहरुको प्रदर्शन, अवरोध, तोडफोड, आगजनी तथा आर्थिक, भौतिक एवं मानवीय क्षतिप्रति मन्त्रालय दुःख व्यक्त गर्दछ , मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *