सिटिजन लाइफको जाजरकोट भूकम्प पीडितलाई सहयोग
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले जाजरकोट भूकम्प पीडितलाई राहत उपलब्ध गराएको छ । कम्पनीले पीडितलाई न्यानो कपडा वितरण गर्दै बीमा सचेतना जगाएको हो । जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर कात्तिक १७ गते राति गएको भूकम्पले उक्त क्षेत्रमा ठूलो धनजनको क्षति भएको थियो । सोमध्ये भूकम्पले उच्च क्षति पुर्याएको बिकट बस्ती बारेकोट गाउँपालिका वडा नं। ४ जिरीमा यस कम्पनीले राहत सामग्री वितरण गरेको जनाएको छ । कम्पनीले सो क्षेत्रको भगवती माध्यामिक विद्यालय र नौमुले प्राथमिक विद्यालयका प्रत्येक विद्यार्थीलाई ज्याकेट, टोपी र हाइनेक वितरण गरेको बताएको छ । उक्त विद्यालयमा कुल ४७९ विद्यार्थी अध्ययनरत रहेको बताइएको छ ।
जाजरकोट र जुम्लाको सिमाना पर्ने हिमालको काखैमा रहेको उक्त दुई विद्यालयको प्राङ्गणमा पुगेर सिटिजन लाइफ कम्पनीका कर्णाली प्रदेश प्रमुख मुरली भण्डारी, जाजरकोट शाखा प्रमुख गोबिन्द बहादुर बुढा, एजेन्सी म्यानेजर पदम बहादुर बुढा र भवानी शाहीको उपस्थितिमा सो क्षेत्रका वडाध्यक्ष बिष्णु बहादुर रावत, बारेकोट गाउपालिका शिक्षा शाखा प्रतिनिधि सुरेन्द्र पुन, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गोपाल बहादुर रावत लगायतको सहभागितामा उक्त राहत सामाग्री बितरण गरिएको हो । बिमा सचेतना कार्यक्रममा बोल्दै जीवन बीमा र निर्जीवन बीमा दुवैको महत्त्वका बारेमा कम्पनिका कर्णाली प्रदेश प्रमुख मुरली भण्डारीले प्रशिक्षण दिए । त्यस्तै, जीबन बिमाले प्रदान गर्ने सुरक्षाको बारेमा बोल्दै पदमबहादुर बुढाले आफ्नो जीवन कालका लामो अनुभव सुनाए । कार्यक्रममा बोल्दै वडाध्यक्ष रावतले समुदायको लागि बीमा अपरिहार्य रहेको र सिटिजन लाइफले बिमाको बिकास र बिस्तारको लागि दुरदराजका बस्तिमा गरेको योगदानको प्रशंसा समेत गरे ।