गोल्डस्टार सुजका कार्यकारी निर्देशक बिदुशी राणा आइसल्याण्डको अवैतनिक महावाणिज्यदूतमा नियुक्त

काठमाडौं । लोकप्रिय गोल्डस्टार सुज (किरण सुजको उत्पादन)की कार्यकारी निर्देशक व्यवसायी विदुषी राणालाई आइसल्याण्ड सरकारले नेपालका लागि उक्त देशको अवैतनिक महावाणिज्यदूतमा नियुक्त गरेको छ । राणालाई परराष्ट्र मन्त्रालयका चिफ अफ प्रोटोकल दिलीप पौडेलले बिहीबार ओहोदाको प्रमाणपत्र हस्तान्तरण गरे । दुई देशबीचको कूटनीतिक सम्बन्धलाई सुमधुर बनाउने प्रतिबद्धतालाई जोड दिँदै आइसल्याण्ड सरकारले राणालाई अवैतनिक वाणिज्यदूतमा नियुक्त गरेको उनको सचिवालयले जनाएको छ ।

अवैतनिक वाणिज्यदूतको हैसियतमा उनले नेपाल र आइसल्याण्डबीचको पर्यटन, सांस्कृतिक आदानप्रदान, व्यापार र लगानीलाई सहज बनाउन प्रयास गर्दै दुवै राष्ट्रको पारस्परिक हितका लागि समझदारी र सहयोगलाई बढावा दिने प्रयास गर्नेछिन् । राणाले आगामी दिनमा नेपाल–आइसल्याण्डको बहुआयामिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *