बेनी सेक्युरिटिज प्रालि कम्पनी सञ्चालनमा

काठमाण्डौं । नयाँ ब्रोकर कम्पनीको रुपमा बेनी सेक्युरिटिज प्रालिको प्रवेश भएको छ । बेनी सेक्युरिटिज प्रालि (ब्रोकर नम्बर ९३ ले नेपाल स्टक एक्सचेन्ज (नेप्से) बाट आधिकारीक रुपमा गत कात्तिक २९ गते सदस्यता प्रदान गरेसँगै कम्पनी सञ्चालनमा आएको छ । बानेश्वरको रुद्रमतिमार्गमा रहेको यस कम्पनीले औपचारिक रुपमा सोमबारदेखि कारोबार सुरु गरेको हो ।

लगानीकर्ताको बढ्दो मागलाई मध्यनजर गर्दै शेयर कारोवारका लागि सञ्चालनमा ल्याएको बेनी सेक्युरिटिज कम्पनीको चुक्तापुँजी बिस करोड रहेको छ । कम्पनीले आफ्नो नाम जस्तै सेवापनि सजिलो रुपमा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । खुला अर्थनीति र पुँजी बजारको चरित्रका आधारमा ब्रोकर लाइसेन्स सबैको लागि खुला राख्ने नीति ल्याए संगै नयाँ ब्रोकर कम्पनीले कारोबारको अवसर पाएका हुन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *