नाउपाको अध्यक्षमा रेशमलाल चौधरीकाे मनोनयन दर्ता

टीकापुर । नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत अहिले मनोनयन दर्ता प्रक्रिया चलिरहेको छ । हालसम्म अध्यक्ष पदमा संरक्षक रेशमलाल चौधरीको मात्र उम्मेदवारी परेको छ ।

बिहीबारबाट सुरु भएको महाधिवेशन नयाँ कार्यसमिति चयन गर्दै शनिबार सम्पन्न हुने सो पार्टीले जनाएको छ । बिहीबार राति १० बजेदेखि सुरु भएको बन्दसत्र सकिएलगत्तै उम्मेदवारहरुको मनोनयन प्रक्रिया सुरु भएको हो ।

शुक्रबार नै नयाँ कार्यसमिति चयनका लागि मतदान हुने निर्वाचन तालिकामा उल्लेख गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *