फिल्म ‘खुस्मा’मा धिरज र उपासना पहिलोपटक एकसाथ देखिने

काठमाडौँ । अशोक थापा मगरको निर्देशनमा बन्न लागेको फिल्म ‘खुस्मा’मा अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरी पहिलोपटक फिल्ममा एकसाथ देखिने भएका छन् ।मगरको निर्देशनमा बन्न लागेको फिल्म ‘खुस्मा’मा उनीहरुको जोडी बाँधिन लागेको हो ।

माघे संक्रान्तिको अवसरमा सोमबार कमलादीस्थित गणेश मन्दिरमा फिल्मको शुभमुहूर्त गरिएको छ । दुई चरणमा छायांकन हुने फिल्म द्वन्द्वकालीन प्रेमकथामा केन्द्रित भएर बन्नेछ । फिल्मको निर्मातामा बेताने मगर, चन्द्र भट्टचन, मोहन राई र सुस्मिता बुढाथोकी छन् भने एसडी योगी, सुरेन्द्र राना र राम अविरल विष्टको संगीत रहनेछ ।

दीपक बज्राचार्यले छायांकनको जिम्मेवारी पाएको फिल्ममा अस्तित्व भट्टचन, खड्क बहादुर पुन (खबपु) र अरुण मगरको पनि अभिनय रहनेछ । एम मिडियाको ब्यानरमा निर्माण हुने फिल्मलाई काफिया फिल्मसले देशभर वितरण गर्नेछ ।

फिल्मको छायांकन यही माघ ५ गतेदेखि रुकुमको मैकोट, बागलुङको ढोरपाटन, पोखरा र काठमाडौंमा गरिनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *