लगातार दोस्रो वर्ष पनि घट्यो चीनको जनसंख्या

बेइजिङ । गएको वर्ष चीनको जनसंख्या घटेको छ । त्यहाँको जन्मदर पनि घटेर कीर्तिमानी न्यून स्तरमा ओर्लिएको छ । योसँगै लगातार दोस्रो वर्ष पनि जनसंख्यामा कमी आएको हो । यो प्रवृत्तिले जनसंख्याको बनावटमा परिवर्तनले विश्वको दोस्रो ठुलो अर्थतन्त्र चीनमा गहिरिँदै गएको चुनौती झल्काएको छ ।

प्रत्येक १ हजार जनाले ६ दशमलव ३९ जना शिशु जन्माएका छन् । एक वर्ष अघि यो दर ६ दशमलव ७७ थियो । चीनको राष्ट्रिय तथ्यांक कार्यालय (एनबीएस)ले बुधवार घोषणा गरेअनुसार यो जन्मदर सन् १९४९ मा कम्युनिस्ट चीनको स्थापना भयायताकै सबैभन्दा कम हो । गएको वर्ष चीनमा जम्मा ९० लाख २० हजार शिशु जन्मिएको तथ्यांकले देखाएको छ ।

सन् २०२२ मा चीनभरमा ९५ लाख ६० हजार जति शिशु जन्मिएका थिए । समीक्षा अवधिमा चीनको समग्र जनसंख्या अघिल्लो वर्षको तुलनामा २० लाख ८० हजारले घटेर १ अर्ब ४० करोड ९० लाखमा झरेको एनबीएसले बताएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *