राजश्वको दृष्टिकोणबाट धेरै दबाबमा छौँ : अर्थमन्त्रीमन्त्री महत
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले चालु आर्थिक वर्षमा निर्धारण गरेको लक्ष्यअनुसार राजश्व उठ्न नसकेको बताएका छन् ।
आज अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजश्वको दृष्टिकोणबाट सरकार अझै धेरै दबाबमा रहेको बताए । उनले राजश्व केही वृद्धि भए पनि लक्ष्यअनुसार उठ्न नसकेको बताए । उनले राजश्व संरचनामा परिवर्तनका कारण र लक्ष्यअनुसार उठ्न नसकेको बताए ।
उनले व्यवसायलाई अनलाइन प्रणालीमा ढाल्न नसके सबै किसिमका व्यवसायलाई हेर्न नसकिने बताए । उनले आन्तरिक राजश्व कार्यालय र भन्सार कार्यालयले आफूलाई प्रविधिमैत्री बनाउँदै लैजान जरुरी रहेको बताए । विद्युतीय सवारीसाधनहरूको आयात इन्धनमुखी सवारीको भन्दा दोब्बर बढी भएकाले पनि भन्सार राजश्व कम उठेको बताए । इन्धनमुखी सवारीसाधनको तुलनामा विद्युतीय सवारीसाधनको भन्सार न्यून राखेकाले पछिल्लो आँकडामा ३४/३५ अर्ब कम भन्सार राजश्व उठेको दाबी गरे ।
यो लक्ष्यप्राप्तिका लागि आन्तरिक राजस्व कार्यालय र भन्सार कार्यालयले आफूलाई प्रविधिमैत्री बनाउँदै लैजान जरुरी रहेको उनले बताए । ‘धेरै व्यवसाय डिजिटलबेस भएको छ । हामीले पनि आफ्नो शैलीलाई, तौरतरिकालाई त्यही अनुसार नढाल्ने हो भने त्यसलाई क्याप्चर गर्न सक्दैनौं । त्यसबाट प्राप्त हुने जुन राजस्व छ, त्यो लिन हामी सक्दैनौँ । यसमा आन्तरिक राजस्व कार्यालय अझ अगाडि बढ्नुपर्ने अवस्था छ। त्यस्तै, भन्सार कार्यालयले पनि आफूलाई एकदमै अपडेट गरेर लैजानुपर्नेछ,’ उनले भने । मन्त्री महतले अनलाइन प्रणालीलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न जरुरी रहेको समेत बताए ।