काठमाडौंमा आज हल्का वर्षा हुने, देशभर मौसम बदली

काठमाडौं । काठमाडौंमा आज दिनभर मौसम बदली हुने भएको छ । बिहानैदेखि बदली भएको मौसम दिनभर पनि जारी रहनेछ । काठमाडौंमा बिहानैबाट फाट्टफुट्ट वर्षा सुरु भएको छ । काठमाडौंमा बिहानैबाट वर्षा सुरु भएको छ । दिनभर यस्तै मौसम रहनेछ, मौसमविद् डेबिड ढकाल भन्छन्, काठमाडौंमा आज हल्का वर्षा हुनेछ ।

हल्का वर्षा भए पनि दिनभर भने वर्षाको सम्भावना नरहेको उनको भनाइ छ । केही समय पानी पर्ने र रोकिनेक्रम दिनभर चल्ने उनले जानकारी दिए । मौसमविद् ढकालका अनुसार काठमाडौंमा भोलि, पर्सि भने वर्षाको सम्भावना छैन । काठमाडौंसँगै आज देशभर मौसम बदली रहेको उनले बताए । केही स्थानमा भने काठमाडौं बाहिर पनि वर्षा सुरु भइसकेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा आज भारी हिमपातको समेत सम्भावना छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *