एकीकृत समाजवादीले उमेरहद नराख्ने
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय परिषद्को बैठकले विधानमा केन्द्रीय सदस्यको संख्या १९९ बनाउने निर्णय गरेको छ । बैठकले केन्द्रीय पदाधिकारीको संख्या १९ रहने निर्णय गरेको छ । प्रदेश कमिटीमा ७५–९९ सदस्य रहने छन् । प्रदेश कमिटीमा एकजना अध्यक्ष, दुईजान उपाध्यक्ष, एकजना सचिव र तीनजना उपसचिव रहने छन् ।
त्यस्तै, एकमात्रै निर्वाचन क्षेत्र भएको जिल्ला कमिटीमा ५५ सदस्य रहने निर्णयमा उल्लेख छ । एकभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लामा एक महिलासहित तीनजना थप्ने निणय भएको छ । जिल्ला कमिटीका सातजना पदाधिकारी रहने छन् । स्थानीय कमिटीमा पाँच पदाधिकारी रहने निर्णय भएको छ । सबै कमिटीका पदाधिकारी तथा सदस्यहरू महाधिवेशनरअधिवेशनबाट निर्वाचित हुने निर्णय बैठकले गरेको छ । वडा कमिटीमा ३५ सदस्य रहनेछन् । बैठकले विधानमा उमेरहद नराख्ने पनि निर्णय गरेको छ ।