दरबार हत्याकाण्डको छानविन गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानविन गर्न प्रतिवद्धता जनाएका छन् । प्रधानमन्त्री प्रचण्डले सोमबार बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीसँग भएको कुराकानीमा यस्तो प्रतिवद्धता जनाएका हुन् । प्रधानमन्त्रीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले सबैलाई स्वतन्त्रतापूर्वक अधिकार दिए पनि व्यवस्थाका विरूद्ध उभिने र षड्यन्त्रूर्ण गतिविधि गर्ने अधिकार कसैलाई नभएको बताए

प्रधानमन्त्री प्रचण्ड प्रेस सेन्टर नेपालको २० औं स्थापना दिवस तथा राष्ट्रिय परिषद्को बैठकमा सहभागी हुन वीरगन्ज पुगेर जनता र सबै राजनीतिक दलको सामूहिक सहभागितामा बजेट निर्माण सरकार केन्द्रित रहेको बताए । प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रम र बजेट समाजवाद र सामाजिक न्यायको पक्षमा क्रान्ति नै गर्न खोजिएकाले उक्त पक्षमा जनमत निर्माण गर्न अपिल गरेका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्ड बारा र पर्सा जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरूसँगको छलफलमा सहभागी भएका थिए । बाराको जीतपुरसिमरा उपमहानगर पालिकास्थित विशेष आर्थिक क्षेत्र (सेज) को अवलोकनका लागि प्रधानमन्त्री प्रचण्ड पुगेको समेत प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *