होण्डाको ७ हजार रुपैयाँसम्मको छुट अफर
काठमाडौं । होण्डाले ग्राहकका लागि फेरी अर्को एउटा आकर्षक योजना सार्वजनिक गरेको छ। यस नयाँ योजनालाई ‘होण्डा छ साथ साथ’ शीर्षक दिइएको होण्डाका लागि नेपालको अधिकृत विक्रेता स्याकार ट्रेडिङ्गले जनाएको छ ।
यस योजना अन्तर्गत अब ग्राहकले होण्डाका कुनै पनि दुई पाङ्ग्रे सवारीसाधन किन्दा स्क्र्याच कुपन मार्फत नगद ७ हजार रुपैयाँसम्मको छुट पाउन सक्नेछन् । यो योजना माघ १४ देखि फागुन १४ सम्म मात्रै लागु हुने कम्पनीले जनाएको छ ।