सत्ता गठबन्धनको बैठकः कोशीको मतपरिणाम अप्रत्याशित

काठमाडौं । सत्तारुढ गठबन्धनले कोशीमा राष्ट्रियसभा सदस्य निर्वाचनमा आफ्नो उम्मेदवार पराजित हुनुलाई अप्रत्याशित भनेको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन दलका नेताहरुको बैठकले कोशीमा सत्ता गठबन्धनको समर्थन रहेको माओवादी उम्मेदवार पराजित हुनुलाई अप्रत्याशित र गम्भीर भनेको हो ।

बैठकपछि कुरा गर्दै नेपाली कांग्रेस नेता रमेश लेखकले राष्ट्रिय सभाको निर्वाचन र परिणामको विषयमा प्रारम्भिक समीक्षा र छलफल भएको बताए । ‘कोशीमा अप्रत्याशित रिजल्ट आएको छ । यो गम्भीर छ, चिन्ताजनक छ । यसका बारेमा प्रारम्भिक छलफल भएको छ, अझै छलफल हुनेछ । कोशीको मतपरिणामलाई लिएर माओवादी केन्द्रको मात्र नभई सत्ता गठबन्धनमा रहेका अन्य दलको पनि चासो रहेको भन्दै नेता लेखकले यो विषयले यसले गठबन्धनमा प्रतिकुल असर नगर्ने बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *