त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार प्रमुख पाण्डे मन्त्रालयमा तानिए 

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख डा. टोकराज पाण्डे मान्त्रालयमा तानिएका छन् ।

उनलाई अर्थमन्त्री डा प्रकाशशरण महतले मन्त्रालयमा तानेका हुन् । उनको स्थानमा मन्त्री महतले सेवन्तक पोखरेललाई पठाएका छन् । ६ महिनाअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको प्रमुख भएका पाण्डे त्यसअघि राष्ट्रिय किताब खाना (निजामती)को महानिर्देशक थिए ।

अर्थ मन्त्रालयमा सरुवा भएलगतै उनलाई भन्सार कार्यालयको जिम्मेवारी दिइएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *