नव नियुक्त महासचिव पाण्डेयले पद तथा गोपनीयताको  लिए शपथ

काठमाडौं । संघीय संसदका नव नियुक्त महासचिवमा पद्मप्रसाद पाण्डेयले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सभामुख देवराज घिमिरेले संघीय संसदको लोत्से हलमा पाण्डेयलाई शपथ ग्रहण गराएका हुन् । सो कार्यक्रममा उपसभामुख इन्दिरा राना, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङलगायतको उपस्थिति रहेको थियो ।

गत मङ्सिर २५ गते सभामुख घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सनाले पाण्डेयलाई महासचिवमा सिफारिस गरेका थिए ।

तर, तत्कालीन महासचिव भरतराज गौतमको राजीनामा स्वीकृत नभएको, पाण्डेयले संसद सचिवालयको सचिव पदबाट राजीनामा नदिएको आदि कारणलाई देखाउँदै रीत नपुगेको भनी राष्ट्रपतिले सिफारिस अनुसार महासचिव नियुक्त गर्न ढिलाई गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *