गोर्खाज फाइनान्सले दुई आर्थिक वर्षको साधारणसभा गर्दै
काठमाण्डौं । गोर्खाज फाइनान्सले एक साथ दुई वटा आर्थिक वर्षको साधारणसभा गर्ने भएको छ। कम्पनीले एक साथ २०७८।७९ र २०७९।८० को साधारणसभा गर्ने गरि साधारणसभाको लागि चैत्र २ गतेको मिति तय गरेको छ। कम्पनीका अनुसार चैत्र २ गते दिउँसो १ बजे बत्तीसपुतलीको अनुपम फुडल्याण्डमा सभा हुने छ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन १८ देखि चैत्र २ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन १७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन । कम्पनीले साधारणसभामा हालको पुंजी संरचना परिवर्तन गरि संस्थापक समुहको ५१ प्रतिशत र सर्वसाधारण समुहको ४९ प्रतिशत कायम गर्ने विशेष प्रस्ताव पेश गर्ने जनाएको छ ।