बैंकहरूका विषयमा फैलाएका भ्रामक र तथ्यहीन विषयमा विश्वास नगर्न आग्रह ः सिबिफिन

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले केही व्यक्ति तथा समूहले भ्रम फैलाएको भन्दै त्यसलाई सत्य नठान्न आग्रह गरेको छ । आइतबार विज्ञप्ति जारी गर्दै सिबिफिनले मुलुकको समग्र अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेका बैंक तथा वित्तीय संस्थाबारे केही समूहले भ्रम फैलाएको र त्यसमा कुनै सत्यता नभएको जनाएको छ । लाखौँ ग्राहकलाई अन्तर्राष्ट्रियस्तरको बैंकिङ सेवा प्रवाह गरिरहेका बैंक तथा वित्तीय संस्थाहरूको विरुद्धमा विगत केही दिनदेखि केही व्यक्ति,समूहबाट बैंक तथा वित्तीय संस्थाहरूको साख, गरिमा, विश्वसनीयतामा ठेस पुग्ने गरी विभिन्न अफवाह फैलाउने र आशंका एवं अविश्वास बढाउने खालका समाचारहरू सम्प्रेषण गर्ने कार्यहरूप्रति यस बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को गम्भीर ध्यानाकर्षण भएको छ, विज्ञप्तिमा उल्लेख छ । नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनबमोजिम प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दती खातामा रहेको पाँच लाख रुपैयाँसम्मको निक्षेप सरकारद्वारा स्थापित ‘निक्षेप तथा कर्जा सुरक्षण कोष’मार्फत सुरक्षण गरिएको पनि जनाइएको छ । बैंक तथा वित्तीय संस्थाहरूको मुख्य वित्तीय परिसूचक स्वस्थ एवं सबल रहेको विज्ञप्तिमा उल्लेख छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *