नाइट क्लबकी युवतीमाथि सामूहिक बलात्कार

काठमाडौं । नाइट क्लबकी एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । प्रहरीले सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पदम तामाङ छन् । प्रहरीका अनुसार तामाङसहित अर्का एक युवाले दरबारमार्गस्थित एक क्लबमा काम गर्ने युवतीलाई माघ २० गते काठमाडौंको गोठाटारस्थित एक होटलमा पुर्‍याएर बलात्कार गरेको खुलेको हो । पीडित युवतीको उजुरीको आधारमा तामाङ पक्राउ परेका हुन् ।

अर्का एक युवा फरार छन् । तामाङ क्बलकै युवतीहरूलाई राति घर पुर्‍याउने ट्याक्सी चालक हुन् । आफ्नै ट्याक्सीमा लिएका तामाङले मदिराले लठ्ठिएकी युवतीलाई होटलमा पुर्‍याएर बलात्कार गरेको खुलेको छ । उनीमाथि बलात्कार मुद्दामा प्रहरी वृत्त बानेश्वरले अनुसन्धान अघि बढाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *