कर्णाली प्रदेश सरकार : कांग्रेसका तीन मन्त्रिले दिए राजीनामा

काठमाडौं । नेपाली कांग्रेस कर्णाली प्रदेशबाट बाहिरिएको छ । मंगलबार दिउँसो पत्रकार सम्मेलन गर्दै कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका तीन जना मन्त्रीहरूले राजीनामा दिएका हुन् । उनीहरुले पत्रकार सम्मेलनमार्फत सरकारबाट बाहिरिएको घोषणा समेत गरेका छन् ।

कांग्रेसबाट अर्थमा बेदराज सिंह, सामाजिक विकासमा खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कृष्णकुमार वीसी मन्त्री बनेका थिए ।

केन्द्रमा सत्ता समीकरण बदलिएसँगै कर्णालीमा पनि राजीनामा दिएको मन्त्रीहरूले बताएका छन् । माओवादीका मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन समेत फिर्ता लिएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *