स्वतन्त्र पार्टीले इलाम–२ को उपनिर्वाचनमा आदिवासी जनजाति उम्मेदवार चयन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम–२ को उपनिर्वाचनमा आदिवासी जनजाति समुदायबाट उम्मेदवार चयन गर्ने भएको छ ।

वैशाख १५ मा हुने उपनिर्वाचनमा जनजाति समुदायबाट उम्मेदवार बनाउने सहप्रवक्ता मनिष झाले जानकारी दिए । ‘त्यहाँ उम्मेदवार आदिवासी जनजातिबाट नै हुन्छ’, उनले भने, ‘स्थानीयलाई उम्मेदवार बनाउँछौं ।’ रास्वपाबाट उम्मेदवार हुन इच्छुकहरुको सूचीबाट नाम तय गर्न पार्टीको बैठक बसेर टुंगो लगाउने उनले बताए । रास्वपाले छ पालिकामा सांसद पठाएर स्थानीय मतदातासँग छलफल गरेको थियो । ६ सांसदले ल्याएको प्रतिवेदनमा छलफल गर्ने र उम्मेदवारको छनोट गर्ने काम नयाँ सत्ता समीकरणका कारण ढिलो भएको झाले बताए ।

रास्वपाका नेताहरुले मंगलबारसम्म उम्मेदवारको मोटामोटी टुंगो लाग्ने बताएका थिए । रास्वपाले चुनावी तयारीका लागि क्षेत्रमा सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलाई खटाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *