गृहमन्त्री लामिछाने आफूमाथिको आरोप ढाकछोप गर्न लागिपरे ः नेकपा माले

काठमाडौँ । नेकपा (माले)ले गृहमन्त्री रवि लामिछाने सुन तस्करीमा आरोपित माथिल्लो स्तरका व्यक्तिहरूलाई समातेर कर्तव्य निर्वाह गर्नुभन्दा आफूमाथिको आरोप ढाकछोप गर्न लागिपरेको आरोप लगाएको छ । चैत ९ गते बसेको सो पार्टीको स्थायी समिति बैठकले सो आरोप लगाएको हो । सो पार्टीका महासचिव सीपी मैनालीद्वारा जारी बैठकको निर्णयमा भनिएको छ ?

‘वर्तमान गृहमन्त्री रवि लामिछाने सुन तस्करीमा आरोपित माथिल्लो स्तरका व्यक्तिहरूलाई समातेर आफ्नो कर्तव्य निर्वाह गर्नुभन्दा बढी त्यसबाट प्राप्त वाहीवाहीलाई आफू माथिको आरोप ढाकछोप गर्न दुरुपयोग गर्न थालेको देखिएको छ । यो निन्दनीय छ ।’ बैठकले मुलुकमा देखिएका जल्दाबल्दा समस्याहरूलाई तत्कालै सम्बोधन गर्न समेत सरकारसँग जोडदार माग गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *