प्रतिनिधिसभाको बैठक आज बस्दै
काठमाडौं । संघीय संसद भवन नयाँ बानेश्वरमा आज प्रतिनिधिसभाको बैठक बस्दैँछ । उक्त बैठक बिहान ११ बजेका लागि बोलाइएको हो ।
आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयवाट प्राप्त विधेयक प्रमाणीकरण सबन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन् । साथै, उधोग, बाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीले राष्ट्रियसभामा उत्पति भएको ‘बिधुत ब्यापार विधेयक २०८० माथी बिचार गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेयले सार्बजनिक गरेको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।