कांग्रेस कार्यसमिति र संसदीय दलको बैठक सोमबार बस्ने

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक भोलि अथवा सोमबार बस्ने भएको छ । कांग्रेसले संसदीय कार्यसमितिको बैठक अपराहन्न १ बजे र संसदीय दलको बैठक अपराहन्न २ बजे बस्ने खबर दिएको छ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने भएको छ ।

बैठकबाट कांग्रेसले मंगलबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले पेश गर्ने सरकारको नीति तथा कार्यक्रम अवरोध गर्ने या नगर्ने भन्ने विषयमा निर्णय गर्ने बताइएको छ । कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएको आरोप लगाउदै संसदीय छानबिन समितीको माग गरेर संसद अवरुद्ध गरिरहेको छ ।

कांग्रेसले आज आइतबार बिहान प्रधानमन्त्रीसँग छलफल गरेको थियो उक्त छलफलमा प्रधानमन्त्री सकारात्मक भएको बताएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *