सन्दीपको मुद्दा भट्ट र उप्रेतीको इजलासमा सुनुवाइ जारी

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा सुनुवाइ जारी रहेको छ । दुई नम्बर इजलासमा न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीले सुनवाइ थालेका हुन्।

सन्दीपको मुद्दालाई अग्राधिकार दिएर एक नम्बर पालोमा राखिएको थियो । उक्त मुद्धा केहीबेर अघिबाट बहस सुरु भएको हो । आज सुरूमा सरकारी वकिलहरुले बहस गरिरहेका छन् । त्यसपछि सन्दीपका वकिलहरूले बहसमा भाग लिने छन् ।

आज सुनुवाई भई सन्दीपले सफाइ पाएमा उनी टी-२० विश्वकपमा भाग लिन सक्ने ढोका खुल्ने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *