प्रधानमन्त्रीसँग छलफल गर्दै कांग्रेस शीर्ष नेता
काठमाडौं । समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेपाली कांग्रेसका शीर्ष नेताहरू पार्टी सभापति शेरबहादुर देउवासहित नेताहरू पूर्णबहादुर खड्का, गगन थापा र रमेश लेखक प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्ने विषयले चर्को रुप लिएपछि कांग्रेसले प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न लागेको हो ।
छानबिन समिति गठन हुन नसक्दा संसद सञ्चालन हुन सकेको छैन । सोही विषयमा बिहीबार संसदमा धकेलाधकेलसमेत भएको थियो । पछिल्लो समय सत्ता पक्ष र प्रतिपक्षबीचको दूरी बढिरहेको छ । शुक्रबार नै कांग्रेस नेताहरूले प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्ने तयारी गरेपनि आज भएको हो ।