राष्ट्रिय सभाको बैठक पनि स्थगित

काठमाडौँ । राष्ट्रिय सभाको बैठक पनि स्थगित भएको छ ।

बैठक शुरु हुनासाथ नेपाली कांग्रेसका सांसदहरुले उठेर बैठक अवरोध गरेका थिए । कांग्रेसले सहकारी ठगि प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म संसदको कारवाही अवरोध गर्ने अडान लिदै आएको छ ।

कांग्रेसले अवरोध जारी राखेपछि अध्यक्ष नारायण दाहालले राष्ट्रिय सभाको बैठक जेठ १३ गते बिहान ११: ३० बजेसम्मको लागि स्थगित गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *