सदस्यता वितरण गर्दा १८–३० वर्ष उमेर समूहलाई प्राथमिकतामा राख्न कांग्रेसको नयाँ परिपत्र

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण गर्दा १८ देखि ३० वर्ष उमेर समूहलाई प्राथमिकतामा राख्न भन्दै नयाँ परिपत्र जारी गरेको छ । महामन्त्री गगन थापाले गरेको परिपत्रमा नयाँ क्रियाशील वितरण गर्दा १८ देखि ३० वर्षभित्रकालाई प्राथमिकतामा राख्न भनिएको छ । परिपत्रमा सदस्यता लिन इच्छुक सबैलाई सदस्यता दिन भन्दै आवश्यक परे सतप्रतिशत बढी सदस्यता फारम उपलब्ध गराउने भनिएको छ । समाजिक क्षेत्रमा सक्रियहरूलाई क्रियाशील वितरणमा सहजीकरण र आकर्षित गर्न पनि परिपत्रमा भनिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *