गण्डकी सरकार ढल्यो, पाण्डेको मागबमोजिम सर्वोच्चको आदेश

काठमाडौं । खगराज अधिकारी नेतृत्वको गण्डकी प्रदेशको सरकार ढलेको छ । सर्वोच्च अदालतले नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेको रिट जारी गरिदिएसँगै अधिकारी नेतृत्वको सरकार ढलेको हो । सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले मंगलबार पाण्डेको मागबमोजिम हुनेगरी फैसला गरेको हो ।

एमालेका नेता तथा मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मत र नियुक्ति प्रक्रिया खारेजको माग गर्दै पाण्डे सर्वोच्च पुगेका थिए । पाण्डेको मागबमोजिमको रिट जारी भएको सर्वोच्चले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *