नेपाली कांग्रेसले संसदीय समिति गठनमा आफ्नो अडान कायम राख्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन हुनुपर्ने आफ्नो अडान कायमै राखेको छ ।

पार्टीका शीर्ष नेताको बैठकले आफ्नो अडान यथावत् राख्ने निर्णय गरेको सहमहामन्त्री जीवन परियारले जानकारी गराए । कांग्रेसले बालुवाटारमा भएको बैठकमा गृहमन्त्री रवि लामिछानेमाथि नै छानबिन हुने गरी संसदीय समिति बनाउनुपर्ने अडान राखेको थियो । तर यता सत्तापक्षले भने व्यक्तिको नाममा नभएर संस्थाको नाम अथवा गोर्खा मिडिया प्रा.लि.को नाम मात्र लेख्ने प्रस्ताव गरेको थियो ।

अहिले सहकारीको बचत सुरक्षा गर्ने, अपचलन गर्नेहरूको सम्पत्ति बेचेर बचत फिर्ता गर्ने र सँगसँगै गृहमन्त्रीको संलग्नतामाथि छानबिन गर्ने गरी समिति बनाइनुपर्न कांग्रेस नेताहरुको माग रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *