सूचना–प्रविधिको विकासका लागि बजेटमा के छ ?

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षलाई सूचना प्रविधि दशकको प्रस्थान वर्षका रूपमा अगाडि बढाउने भएको छ । मंगलबार अर्थमन्त्री वर्षमान पुनले संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । उनले आगामी दश वर्षमा सूचना–प्रविधि (आईटी) क्षेत्रबाट ३० खर्बको निर्यात गर्ने लक्ष्य राखेको बताए । यस क्षेत्रमा पाँच लाख प्रत्यक्ष र १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य सरकारको छ । सरकारले डिजिटल नेपाल फ्रेमवर्ककका लागि ५९ करोड रुपैयाँ विनियोजन गरेको छ । यस्तै, ललितपुरको खुमलटारमा ज्ञानपार्क स्थापना गर्न १७ करोड विनियोजन गरिएको अर्थमन्त्री पुनले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *