अमेरिकाद्वारा फेरि पनि सन्दीपलाई भिसा दिन अस्वीकार
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन फेरि पनि अस्वीकार गरेको छ ।
परराष्ट्र मन्त्रालयले दूतावासलाई नोट पठाएपछि अन्तर्वार्ताका लागि बोलाए पनि उनलाई भिसा दिन अस्वीकार गरेको हो । नेपाली क्रिकेट समर्थकहरुले उनलाई भिसा दिनुपर्ने माग राख्दै सामाजिक सञ्जाल र सडकबाट दबाब सिर्जना गरेका थिए । तर दोस्रो पटक आज अन्तर्वार्ताका लागि बोलाए पनि दूतावासले भिसा दिएन ।
योसँगै उनको विश्वकप खेल्न जाने सम्भावना अब सकिएको छ ।