क्यानका अध्यक्ष भन्छन्- सन्दीपलाई १५औं खेलाडीको रुपमा गोप्य राखिएको थियो

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले आईसीसी टी-२० विश्वकपको टोलीमा १५औं खेलाडीका रुपमा सन्दीप लामिछानेको नाम गोप्य राखिएको बताएका छन् ।

अध्यक्ष चन्दले आईसीसीले नै नेपाललाई ‘विशेष सुविधा’ दिएर लामिछाने नै १५औं खेलाडीको रुपमा राखिएको स्पष्ट गरेका छन् । अमेरिकाले भिसा दिन अस्वीकार गरेपछि सामाजिक सञ्जाल र मिडियामा अध्यक्ष चन्दसहित क्यानको आलोचना भइरहेका बेला उनले स्पष्ट गरेका हुन् । अध्यक्ष चन्दले सन्दीपले भिसा आवेदन दिनुअघि नै अमेरिकी दूतावासलाई सन्दीपको नाम पठाइएको बताउदै आइसीसीको पत्र समेत सार्बजनिक गरेका छन् ।

उनले आइसीसीले नेपाललाई विशेष सुबिधा दिएको उल्लेख गर्दै सन्दीपको भिसामा समस्या भएमा उनको ठाउमा अन्य खेलाडीलाई राख्ने सुबिधा दिएको उल्लेख गरेका छन् ।

अध्यक्ष चन्दले लेखेका छन्

सबै को जानकारीका लागि स्पष्ट पारिएको ।।

# सन्दीप लाई 15 member team squad मा समाबेश नै नगरीएको कपोकल्पित भ्रम फैलाएर CAN र केही पदाधिकारीहरु लाई निशाना बनाउने केही मिडियाकर्मी भनाउदा र खेलकुदमा राजनीतिमात्र गर्ने कसम खाएका सस्था हरुले सृजना गरेको भ्रम लाई स्पस्ट गर्न चाहन्छु ।

# भिसा apply गर्नु अघि नै CAN ले ICC सङ्ग समन्वय गरि १५ औं खेलाडी सन्दीप लामिछाने नै हो भनी पत्राचार गरेको र ICC ले स्वीकृति दिई US embassy नेपाल लाई सन्दीप नेपाल टिमको 15 player squad member भएकोले भिसा उपलब्ध गराइदिन सिफारिस गरेको थियो।(ICC पत्र )#

#ICC ले विशेष परिस्थिति भएकोले नेपाल लाई मात्र सुबिधा दिएको थियो कि कुनै कारणले सन्दीपले भिसा नपाएको खण्डमा उनको सट्टामा player change गर्न मिल्ने थियो। त्यस कारण १४ जना को नाम (गोप्य)+सन्दीप लाई समाबेश गरिएको थियो ।जबकि अन्य सबै देशले 25 may मा नै अन्तिम 15 player को नाम बुझाइ सकेका थिए।तर नेपालको हाल बिस्वकप squad USA मा रहेका १५ जना।मध्ये सम्भावित प्रतिस्थापन हुने खेलाडीको मनोबल कमजोर हुन नदिन team management ले यो परिपक्व निर्णय गरेको थियो। सन्दीप ले कस्लाइ बिस्थापन गर्न सक्थ्यो भन्ने यहाँ हरुले अन्दाज मात्र गर्न सक्नु हुन्छ पुष्टि गर्न सक्नुहुन्न।

# सबैको भावना बमोजिम गरिएको निर्णय लाई मासाला बनाएर सस्तो लोकपि्रयता न बटुलौ।

#सन्दिप 15 player को रुपमा ICC मा दर्ता थियो,US embassy लाई CAN र ICC को पत्र मार्फत सबै जानकारी गराएको थियो। क्रीकेट संघले सतर्कताका साथ गोप्य राख्नुपर्ने विषयलाई प्रोपोगन्डा बनाइ कमजोरीको रुपमा ब्याख्या नगरीदिन हुन अनुरोध । तसर्थ झुठो र अन्दाजी कुरा गरेर क्रीकेट प्रेमिहरु लाई भ्रम मा नपारौ।

धन्यवाद ।

साथै उनले आइसीसीको पत्र समेत सार्बजनिक गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *