सत्ता समीकरणमा फेरबदल हुँदैन: प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुले पार्टीमा सत्ता समीकरणमा कुनै समस्या नरहेको ब्रिफिङ गरेका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले सरकार सहज ढंगले अघि बढिरहेको भन्दै वर्तमान सत्ता समीकरणमा कुनै समस्या नरहेको बताएका हुन् । बैठकमा उनले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बुढानिलकण्ठ गएर कांग्रेस सभापति शेरबहादुर देउवासहित विपक्षी दलका नेताहरुसँग भेट गरेको विषयलाई स्वभाविक रुपमा लिन आग्रह गरेका थिए । साथै बैठकमा प्रचण्डले नेपाल बुढानिलकण्ठ जानु अघि आफुलाई जानकारी गराको बताउदै सत्ता समीकारण पाँच बर्ष नै टिक्ने दाबि गरेका थिए ।

बुधबार साँझ अध्यक्ष नेपालले कांग्रेस सभापति देउवासहित जसपा नेपाल र लोसपाका नेताहरुलाई भेटगर्दै मधेशमा सरकार बनाउने विषयमा छलफल गरेपछि सत्ता समीकरण तरंगित बनेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *