२० विश्वकप- नेपालले दक्षिण अफ्रिकासँग खेल्दै

काठमाडौँ । नेपालले टी- २० विश्वकप अन्तर्गत अब शनिबार दक्षिण अफ्रिकासँग खेल्दै छ ।

समुह डी अन्तर्गत नेपालले नेपाली समय अनुसार ५स् १५ बजेदेखि दक्षिण अफ्रिकासँग खेल लागेको हो । यो खेल सेन्ट भिसेन्टस्थित अरनोस भाल स्टेडियममा हुदै छ । जारी टी-२० विश्वकपमा दक्षिण अफ्रिकाले तीन खेलमा लगातार जित हासिल गर्दै सुपर आठमा पुगिसकेको छ । दक्षिण अफ्रिकाले यस अघि श्रीलंका, बंगलादेश र नेदरल्याण्डसलाई पराजित गरेको थियो । त्यस्तै नेपालले भने पहिलो खेलमा नेदरल्याण्डससँग हार बेहोरेको थियो भने श्रीलंकाविरुद्धको दोस्रो खेल बर्षाले रद्ध हुदा अंक बाँडेको थियो ।

नेपालका लागि सुपर आठमा पुग्न यो खेल जित्नै पर्ने अवस्था रहेको छ । यस खेलमा हार बेहोरेमा नेपाल सुपर आठमा पुग्न असफल हुने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *