२ करोड रुपैयाँ लुटपाटमा संलग्न प्रहरी हवल्दारसहित ४ जना पक्राउ

काठमाडौँ । भक्तपुरबाट एक व्यक्तिको २ करोड रुपैयाँ लुटपाट भएको छ । दधिकोटका डिल्लीराज राउतको २ करोड लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरी हवल्दारसहित ४ जनालाई पक्राउ गरेर काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको पक्राउ गरेको हो । पक्राउ पर्ने प्रहरी हवल्दार कृष्णबहादुर बोहरा नेपाल प्रहरीको ‘सशस्त्र प्रहरी दुई नम्बर गण महाराजगन्ज’मा कार्यरत रहेको कार्यालयका एक अधिकारीले जानकारी दिए ।

पक्राउ परेकाहरूले असार ४ गते सो रकम लुटपाट गरेको उजुरीपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । प्रहरीका अनुसार अभियुक्तहरु आफूहरु सीआईबी भएको भन्दै राउतको घरभित्र प्रवेश गरेका थिए । त्यसपछि घरका सदस्यहरुलाई डरत्रास देखाउँदै उनीहरुले दराजमा रहेको २ करोड रुपैयाँ लुटेर भागेका थिए । प्रहरीले उनीहरुलाई आजै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *