सुजातालाई ‘द मिसेस नेसनल–२०२४’को उपाधि

काठमाडौं । इलामकी सुजाता सुब्बाले ‘द मिसेस नेसनल–२०२४’को उपाधि जितेकी छन् । फेसन डिजाइनर तथा कटिङ र स्टिचिङ ट्रेनर समेत रहेकी सुब्बाले वेष्ट फिगरको उपाधि पनि हात पारेकी छन् । ‘महिलालाई सशक्त बनाउँ, राष्ट्रलाई सशक्त बनाउँ’ भन्ने नाराका साथ सम्पन्न प्रतियोगितामा मञ्जु आचार्य फर्स्ट रनरअप भइन् ।

मञ्जिल रञ्जितकार सेकेन्ड रनरअप भइन् । १६ विवाहित सुन्दरीले अन्तिम स्पर्धा गरेको प्रतियोगिता क्रिजोना मिडिया ग्रुपले आयोजना गरेको हो । प्रतियोगितामा मोडल दीपक घिमिरे, फेसन डिजाइनर मिनु श्रेष्ठ र जुम्बा प्रशिक्षक प्रतिमा श्रेष्ठ निर्णायक थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *