डिश मिडिया नेटवर्कको पुनः सञ्चालनमा माईडिशहोम एप
काठमाण्डौं । डिश मिडिया नेटवर्कले माईडिशहोम एपको पुन सञ्चालनमा ल्याएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले सबै विभागका प्रमुखहरूको उपस्थितिमा उक्त एप लगइन गरेर सञ्चालनमा ल्याएका हुन् । कम्पनीका अनुसार माईडिशहोम एप टिभी, इन्टरनेट र थप विवरणसहित डिशहोमका सेवाहरू प्रबन्ध गर्नका लागि सबैमा एक प्लेटफर्म प्रदान गर्न डिजाइन गरिएको हो। एपको नयाँ संस्करणमा प्रयोगकर्ताको अनुभव र सुविधामा सुधार गर्ने उद्देश्यले परिष्कृत सुविधाहरू समावेश छ ।
एपमा रहेका मुख्य सुविधाहरूमा बायोमेट्रिक लगइन, फुटप्रिन्ट उपलब्धता जाँच, राउटररवाइफाइ सेटिङहरू, रेफरल प्रणाली, अफलाइन मोड, क्रेडिट प्रणाली, पीपीभी खरीद, प्याकेज बुकिङरखरीद, खाता प्रणाली सम्पादन, र अन्य सुविधाहरु समावेश छन्। कम्पनीका सीईओ मानन्धरले ग्राहकहरूलाई थप एकीकृत र प्रयोगकर्ता(मैत्री अनुभव प्रदान गर्ने लक्ष्यका साथ आएको एपबाट डिशहोमका सबै उत्पादनहरू र सेवाहरू सहज रूपमा व्यवस्थापन गर्न मद्धत मिल्ने बताएका छन् । माईडिशहोम एप अब आईओएस एप स्टोर र एन्ड्रोइड प्ले स्टोर दुवैमा डाउनलोड गर्नका लागि उपलब्ध रहेको पनि कम्पनीले बताएको छ ।