सिमलताल पहिरोका विकको परिवारलाई भरतपुर महानगरपालिकाले दुई लाख सहयोग
चितवन । भरतपुर महानगरपालिकाले गएको असार २८ गते नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९, सिमलतालमा बससँगै त्रिशूली नदीमा बगेर ज्यान गुमाएका सुदीप विकको परिवारलाई किरिया खर्च प्रदान गरेको छ ।
महानगरपालिकाका प्रमुख रेनु दाहालले विकको परिवारलाई उक्त रकमको चेक हस्तान्तरण गरेकी हुन् । पहिरोले बगाएका दुई बसमा ६२ भन्दा बढी यात्री रहेका जनाइएको छ । बसमा यात्रा गरिरहेका मध्ये २० जनाको शव भेटिएको सुरक्षाकर्मीले बताएका छन् ।