एनएमबि बैंकको ८.९२ प्रतिशत देखी सुरु हुने प्रतिस्पर्धी घर कर्जा

काठमाडौं । एनएमबि बैंक लिमिटेडले ८.९२ प्रतिशत देखी सुरु हुने प्रतिस्पर्धी घर कर्जा घोषणा गरेको छ । बैंकले एनएमबि होम लोनमा मात्र ८.९२ प्रतिशत बाट सुरुहुने आकर्षक फ्लोटिंग ब्याजदर उपलब्ध गराएको हो ।

एनएमबि होम लोनको साथ, ग्राहकहरूले फ्लोटिंग दरको लचिलोपनको आनन्द लिन सक्छन्, जसले ग्राहकको आफ्नो सपनाको घर सुरक्षित गर्दा सम्भावित बजार उतार चढावबाट फाइदा लिन सकिने बैंकले जनाएको छ । घर किन्नु वा निर्माण गर्नु मानिसहरूका लागि महत्त्वपूर्ण कोसेढुङ्गा हो र यो सपना साकार पार्न उत्तम सेवा प्रदान गर्न बैंक प्रतिबद्ध रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *