ग्लोबल आइएमई बैंक र इशान अस्पतालबीच समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक र इशान बाल तथा महिला अस्पतालबीच ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सहमती पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारीमा बैंकका प्रमुख बजार अधिकृत दिलिप पोखरेल र अस्पतालका प्रमुख परिचालन अधिकृत श्रीराम पन्तले हस्ताक्षर गरेका छन् । उक्त अवसरमा अस्पतालका निर्देशक प्रा. डा. रामनन्दन पी. चौधरीको विशेष उपस्थिति रहेको थियो । यस सम्झौता अनुसार, अस्पतालले बैंकका डेबिटरक्रेडिट कार्ड एबम् बैंकको मोबाइल एप (ग्लोबल स्मार्ट प्लस) प्रयोगकर्ताहरुलाई औषधी उपचारका लागि अस्पतालमा १० प्रतिशतसम्म छुट प्रदान गर्नेछ ।

अस्पतालले बैंकका ग्राहकहरुलाई अस्पतालको शैया शुल्क, अस्पताल सेवाहरुः डायगोनेस्टिक, ओ।पी।डी लगायतका सेवाहरु साथ–साथ आकस्मिक सेवाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान गर्नेछ । ‘यस साझेदारी पश्चात् ग्लोबल आइएमई बैंकका ग्राहकहरुले गुणस्तरीय स्वास्थ्य सेवा सुबिधाहरु उचित दरमा प्राप्त गर्ने र अस्पतालले स्वास्थ्य सेवा तथा सुविधाहरु विस्तार गर्न ग्लोबल आइएमई बैंकसँग सहकार्य गर्न पाउँदा खुसी छौँ’ इशान अस्पतालका निर्देशक प्रोे.डा. रामनन्दन पि. चौधरीले भने । चौधरीले यो पहलले पहुँचयोग्य स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने कुरा समेत स्पष्ट पारे । यसैगरी, ग्लोबल आइएमई बैंकका प्रमुख बजार अधिकृत दिलिप पोखरेलले, ‘इशान अस्पतालसँगको साझेदारीले बैंकका ग्राहकहरुलाई लाभान्वित गर्ने र बैंकको कार्ड तथा मोबाईल बैंकिङ सेवाको प्रयोगकर्ता वृद्वि हुने’ विश्वास बैंकले लिएको जानकारी दिए । ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका विभिन्न समयसान्दर्भिक साझेदारी योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *