सांग्रिला होटलका अध्यक्ष पाण्डेको निधन
काठमाडौं । पाँचतारे सांग्रिला होटलका अध्यक्ष श्यामबहादुर पाण्डेको ८८ वर्षको उमेरमा सोमबार ग्रान्डी अस्पतालमा निधन भएको छ ।
लामो समयदेखि बिरामी रहेका पाण्डेको आज सोमबार बिहान निधन भएको पारिवारिक स्रोतले बताएको हो । होटल एसोसिएसन अफ नेपाल (हान) का पूर्वअध्यक्षसमेत रहेका पाण्डेले प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) लगायतका संस्थामा संलग्न रहेर पर्यटन व्यवसायको विकास र प्रवर्द्धनमा विशेष योगदान पुर्याएका थिए । पाण्डेले ४० वर्षअघि होटल सांग्रिला स्थापना गरेको थिए । उनले निजामती सेवा छाडेर होटेल व्यवसाय शुरु गरेका थिए । पछिल्लो समय होटेलको व्यवस्थापन उनका छोेराहरुले हेर्दै आएका छन ।
देशका पहिलो पुस्ताका होटेलिएर पाण्डेको निधनमा पर्यटन व्यवसायीहरुले दुु:ख व्यक्त गरेका छन् । होटेल संघ नेपालले पनि पाण्डेको निधनमा दुु:ख व्यक्त गर्दैै अभिभावक गुमाएको बताएको छ ।