प्रधानमन्त्रीसँग रुसी महिला भलिबल टोलीको भेट
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पारस्परिक लाभ र सम्मानका आधारमा नेपाल र रुसबीचको पुरानो सम्बन्धलाई पुनःताजगीकरण गर्नुपर्ने बताएका छन् ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा रुसको महिला भलिबल टोलीसँगको भेटका क्रममा प्रधानमन्त्रीले ओलीले दुई देशबीच सोभियत सङ्घ हुँदादेखि नै रुसबाट नेपालले शिक्षा, यातायात आदि क्षेत्रमा सहयोग पाउँदै आएको उल्लेख गर्दै खेलका लागि रुस एक प्रकारको बादशाह नै भएको बताए ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले आफ्ना भावनात्मक कुराहरू पोख्दै भने, ‘नेपाल र रुस दुई पुराना मित्रहरू हुन् ।
‘मेरो दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्ने चिकित्सक रुसमा पढेका र रुसका ज्वाइँ हुनुहुन्छ । अहिले म स्वस्थ छु । यसले पनि देखाउँछ कि रुसबाट पढेर आएकाहरू कति सक्षम हुन्छन् भन्ने,’ रुसले नेपालको शिक्षा, यातायातलगायत विविध क्षेत्रमा सोभियत सङ्घ हुँदादेखि नै सहयोग गर्दै आएको छ ।
दुई देशबीचका हाम्रा सम्बन्धलाई अझ पुनःताजगीकरण गराउन हामी लाग्नेछौँ । सो अवसरमा प्रधानमन्त्री ओलीले पारस्परिक लाभ र सम्मानका आधारमा नेपाल र रुसबीचको पुरानो सम्बन्धलाई पुनःताजगीकरण गर्नुपर्ने बताए ।
रुसलाई उपनिवेशबाट मुक्त गर्न तथा हिटलरको तानाशाही शासनका विरुद्धको स्वतन्त्रताको लडाइँका लागि भ्यादिमिर लेनिनले गरेका नेतृत्वदायी भूमिकाको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले नेपाल बसाइका क्रममा रुसका भलिबल टोलीलाई अनुकूल भएमा ‘माउन्टेन फ्ल्याइट’ गर्न सुझाव दिए ।
सो अवसरमा नेपालका लागि रुसी राजदूतावासका प्रथम सचिवले प्रधानमन्त्री ओलीलाई कार्यकाल सफलताको कामना गर्दै प्रधानमन्त्री ओलीको नेतृत्वमा दुई देशबीचको राजनीतिक, आर्थिक, सामाजिक र खेलकुदलगायत क्षेत्रका सम्बन्ध अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।