बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका लामाद्वारा दाबी पेस

काठमाडौँ । बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले दावी पेस गरेका छन् ।

मंगलबार एमाले र कांग्रेसका ६४ सांसदको समर्थनमा लामाले मुख्यमन्त्रीमा दावी पेश गरेका हुन् । ११० सदस्यीय बागमती प्रदेशसभामा बहुमतका लागि ५६ सांसद आवश्यक पर्छ । तर, कांग्रेस र एमालेका सांसदको संख्या जोड्दा ६४ पुग्ने भएकाले लामाले दावी पेश गरेका हुन् ।

प्रदेश प्रमुख कार्यालय हेटौंडामा कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, एमाले संसदीय दल नेता जगन्नाथ थपलियाको उपस्थितिमा लामाले दावी पेस गरेका हुन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले लामालाई साँझ ५ बजेपछि मुख्यमन्त्रीमा नियुक्त गर्ने बताएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *