मुख्य सचिवमा लीलादेवी गड्तौलालाई नियुक्त
काठमाडौं । सरकारले मुख्य सचिवमा लीलादेवी गड्तौलालाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले गड्तौलालाई मुख्यसचिव नियुक्त गरेको हो । यो नियुक्तिसँगै गड्तौला नेपालको पहिलो महिला मुख्यसचिव बनेकी छन् ।
तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दामा निलम्बनमा परेसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी वरिष्ठ सचिव गडतौलालाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिइएको थियो । २०७७ कात्तिकमा सचिव भएकी गडतौला आउँदो भदौ १४ गते उमेर हदका कारण अनिवार्य अवकाशमा जादै थिइन् ।