कोइरालाले पार्टी संसदीय दलको उपनेता चयन गर्न सभापति देउवालाई आग्रह
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी संसदीय दलको उपनेता चयन गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । पार्टीका पूर्वमहामन्त्री समेत रहेका कोइरालाले सभापति देउवाले उपयुक्त व्यक्तिलाई संसदीय दलको उपनेता चयन गर्न ढिलाइ गर्न नहुनेमा जोड दिए । किन बनाउनु भएन, केही कारण होला उहाँको मनमा । तर, उपनेता त उहाँले चयन गर्नुपर्ने हो । मलाई पनि लाग्छ, उपनेता बनाउनुपर्छ ।
उहाँको अनुपस्थितिमा उपनेताले बागडोर सम्हाल्छ नि । त्यसैले उपनेताचाहिँ हुनुपर्छ । तर, किन त्यो भएको छैन, शेरबहादुर देउवाजीलाई नै सोध्नुपर्ला । उनले आफूलाई उक्त जिम्मेवारी दिए स्वीकार गर्ने पनि बताए । पार्टीका सिनियर नेतामध्येबाट संसदीय दलको उपनेता बनाइनुपर्ने उनको भनाइ थियो । म त आकांक्षी होइन, तर बनाउनुहुन्छ भने त अब मैले नाइँ भन्दिनँ । तर, उहाँले उपयुक्त व्यक्तिलाई बनाउनुपर्छ । सिनियर मान्छेलाई बनाउनुपर्छ भन्ने लाग्छ ।