चलचित्र ”नमेटिन घाउ” मा पूर्वप्रधानमन्त्री नेपालले गरे आफ्नो दृश्यको डबिङ
काठमाडौँ । रमित ढुंगाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको चलचित्र “नमेटिने घाउ’’ मा अभिनय गरेका पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले आफ्नो भागको दृश्यको डबिङ गरेका छन् ।
शुक्रबार रेडियो नेपालको स्टुडियोमा उपस्थिति भएर नेपालले चलचित्रको आफुले अभिनय गरेको संवादको डबिङ गरेका हुन् । माया नमार, बुद्ध वाज बर्न इन नेपाल , द मोस्ट वान्टेड ,धड्कन ,शक्ति लगाएत सयौ सफल चलचित्रमा अभिनय गरिसकेका सुपर स्टार रमित ढुङ्गाना द्धारा निर्देशन तथा निर्माण रहेको चलचित्र “नमेटिने घाउ’’ एसिड सर्भाइभरहरुको बास्तविक जीवनीमा आधारित छ । चलचित्रमा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरुको कथालाई समेटेर बनाईएको छ ।
शिवम् अधिकारीको कथा रहेको सत्य घटनामा आधारित चलचित्र “नमेटिने घाउ’’ मा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको समेत अभिनय रहेको हुदा केहि दिनमा उहाले पनि आफुले अभिनय गरेको दृश्यको डबिङ गर्ने निर्देशक रमित ढुङ्गानाले जानकारी दिए । चलचित्रमा मुस्कान खातुन, प्राप्ति पौडेल ,इभा गिरी, कमल देबकोटा,सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा,लालना चिमोरिया,स्वस्तीमा कार्की, लिजा कोरानी,एलिसा गुरुङ,बिशाल देबकोटा ,आरजु अधिकारी ,आरजु लेखक लगायतको अभिनय रहेको छ ।
चलचित्रमा सुरवीर पण्डित, सुनील कटुवाल पुराना अनुहार रहने छ भने मुख्य भूमिकामा अधिकांश नयाँ अनुहारहरुको अभिनय रहेको छ । रमित ढुंगाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको यस चलचित्रमा निरज कंडेलको छायांकन ,बनिश शाहको सम्पादन ,ओम सुनारको संगीत र किरण ढकालको एक्शन रहेको छ ।
यस चलचित्रमा प्रहरी उपरीक्षकद्वय बाल नर्सिहॅ राणा र कुमुद ढुगेल, प्रहरी निरीक्षक जे,आर शर्मा लगायत दुई सय भन्दा बढी प्रहरीको अभिनय रहेको छ । ‘नमेटिने घाउ’मार्फत सासॅदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीको समेत अभिनय रहेको छ । प्रदर्शनको तयारीमा रहेको चलचित्र “नमेटिने घाउ’’सत्य घटनामा आधारित छ ।