१७औँ दिन पुगिसक्दापनि सिमलताल बस दुर्घटनामा बस र यात्रुको अवस्था अज्ञातै
काठमाडौँ । १७ दिन अघि सिमलताल त्रिशुलीमा खसेको दुई वटा बस र यात्रुको अवस्था अझै अज्ञात रहेको छ ।
बस बेपत्ता भएको आज १७ दिन पुगिसक्दा पनि बस र यात्रुहरुको अवस्था अज्ञात नै रहेको हो । नेपाली र भारतीय टोलीले गरेका खोजीका सबै प्रयास असफल भएसँगै बस खोजीका लागि आएको भारतीय टोली पनि आज फर्किने भएको छ ।
यस अघि भारतीय उद्दार टोलीको घटनास्थलमा शनिबार दिउँसो बस खोजी गर्नेक्रममा १९ किलोको चुम्बक नै पानीले बगाएको थियो । भारतीय टोलीले शनिबार १९ केजी र १४ केजीको दुई वटा चुम्बक प्रयोग गरेर खोजी गरेको थियो । तरपनि सबै प्रयास असफल भएको हो ।
असार २८ गते लेदोसहितको पहिरोले बगाएका दुई बस अहिलेसम्म भेटिएका छैनन् । बसमा रहेका ६२ यात्रु मध्ये अहिलेसम्म २४ जनाको शव फेला परेको छ भने अझै ३८ जनाको अवस्था अज्ञात रहेको छ ।